काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले विश्वलाई नै आतंकित पारिरहेको कोरोना भाईरसलाई नेपालमा भित्रन नदिन उच्च सावधानि अपनाउनु पर्नेमा जोड दिएका छन् ।
विज्ञप्ति जारी गर्दै नेता केसिले नेपालमा कोरोनाको त्यो भयावह अवस्था नदेखिएको भएपनि नेपाल उच्च जोखिममा रहेको भन्दै सचेत रहन सम्पुर्ण नेपालीलाई अपिल गरेका छन् ।
साथै उनले कोरोना भाईरस डरको मौकाछोपी व्यापारीहरुले अत्यावश्यक वस्तुहरुमा कालोबजारी गरेपछि नागरिकहरुको जनजिवन कस्टकर बन्दै गईरहेको भन्दै त्यस्तो कार्यलाई तत्काल रोक्न पार्टीका सबै कार्यकर्तालाई, शुभेच्छुकहरू लगाएतकालाई आग्रह पनि गरेका छन् ।
नेता केसीले पार्टीका स्थानीय समितिहरुले संघसंस्थाहरुलाई समेटी आपत्कालीन टोली, हटलाईन आदी तत्काल सक्रिय गर्न अनुरोध गरेका छन् । केहि दिनदेखि व्यापारीहरुले कोरोनाको त्रास फैलाउँदै अत्यावश्यक सामानहरु ग्याँस, मास्क लगाएतका वस्तुहरुमा कालोबजारी गर्ने, लुकाउनु, चर्काे मुल्यमा विक्रि गर्ने गरेका छन् ।
केसीले कोरोनाको सङक्रमण फैलिन नदिनका लागि अनावस्यक भ्रमण नगर्न, भीडभाड र जमघट नगर्न, खानपान तथा सरसफाईमा ध्यान दिन सम्पुर्ण नेपालीमा अपिल समेत गरेका छन् ।
नेता केसिले विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित मुलुकहरूमा रहेका नेपाली दूतावासहरूसँग समन्वय गर्न र केही समस्या भए आफूले चिनेको कुनै पनि कांग्रेस नेतृत्वसँग इनबक्स सम्पर्क गरी जानकारी गराउन पनि विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।





