आर्थिक

सुनको मुल्य फेरी तोलामा १ हजारले बढ्यो

काठमाडौं । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज (बुधबार) छापावाला सुनको मूल्य ७६ हजार ५ सय तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा १ हजारले वृद्धि भएर ७६ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो ।

सुनको मूल्यमा वृद्धि हुँदा आज (बुधबार) चाँदीको मूल्य भने स्थीर रहेको छ । मंगलबार प्रतितोला ८० रुपैयाँले घटेर ७१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।