काठमाडौं । चाउचाउ भोकलागेमा तत्कालै खान मिल्ने र स्वादिलो नास्ता हो । जुन हामी सबैको भान्छामा प्राय नास्ताका रुपमा पाक्ने गर्दछ । यतीमात्रै होईन काँचै खाँदापनि मिठो हुने भएकाले बालकदेखी बृद्धसम्मको मनपर्ने नास्ता बनेको छ ।
थोरै पैसामा पनि खरिद गर्न सकिने भएकाले कामगर्ने मजदुरदेखी हरेकको नास्ता बनिदिएको हुन्छ । २०१७ मा गरिएको सर्वेक्षण अनुसार चाउचाउका पारखीहरु चीन र अमेरिकामा मात्रै चार अर्ब भन्दा बढी छन् । तर के तपाईलाई थाहा छ चाउचाउको नियमीत सेवनले हाम्रो स्वास्थ्यमा कति असर गरेको हुन्छ ।
एक अध्यनका अनुसार चाउचाउ नियमित खाने मानिसमा हृदयघात हुने, कहिलेकाहीँ मुटुको अचानक बढ्ने, उच्च रक्तचाप हुने र सधैं तयारी चाउचाउ मात्र खाईरहेमा अन्तत क्यान्सर नै हुनसक्ने बताईएको छ । चाउचाउमा चर्को नुन, चिल्लो, क्यालोरी मिसिएको हुन्छ । जस्ले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पुर्याउँद छ ।
सन् २०१४ मा जर्नल अफ न्युट्रिसनको अध्ययनमा तयारी चाउचाउका कारण कार्डियो–मेटाबोलिक रिक्स, मधुमेह र कार्डियोभ्यासुलर रोग लाग्न सक्ने बताईएको छ । चाउचाउको उपभोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने निष्कर्षमा पुगेका अनुसन्धाताहरुले परम्परागत खानाहरु जस्तै भात, माछा, तरकारी, फलफूल तथा आलु खान सुझाएका छन् ।
उनीहरु पराम्परागत खानाले मानिसमा उच्च रक्त चाप बढाउँदैन भन्नेमा ढुक्क देखिन्छन् । यस्तै अर्को एक अध्ययनले चाउचाउ मानिसको शरीरमा सजिलोसँग पचाउन गाह्रो हुने बताईएको छ ।
वैज्ञानिकहरुले चाउचाउ खाएको मानिसको पेटमा सुक्ष्म क्यामरा पनि राखेर अध्ययन गरेको दावी गरेका छन् । खाना खाए अनुसार चाउचाउ पच्न गाह्रोे हुने उनीहरुको तर्क छ । चाउचाउ मन पराउनेहरुको लागि यो निकै दुखको खबर हो ।





