अन्तर्राष्ट्रिय

कोरोनासंगको लडाई जित्दै चीनः बुधबार बुहानमा संक्रमीतको सङ्ख्या शुन्य, कसैले गुमाएनन् ज्यान

काठमाडौं । कोरोना भाईरसको चपेटाबाट चीनले केही राहत पाएको छ । पछिल्लो समय चीनमा कोरोनाको संक्रमण र मृत्युको संङख्यामा कमी आएको छ । गत डिसेम्बरदेखी कारोनाको चपेटामा परेको चीनलाई केहि सहज भएको हो ।

कोरोना भाईरस विरुद्धको लडाईमा थप सपलता हात पारेको छ । जुन कारण हो कोरोनाई सुरुवात भएको चीनको इपिसेन्टर वुहानमा संक्रमणको सङख्या शून्यमा झारेपछी । चीनको बुहानमा कारोनाको कारण बुधबार कसैको मृत्यु भएन भने संक्रमणपनि देखिएको छैन ।

मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ ।

चीनले मृत्युदर पनि शून्यमा झारेको छ । वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन । कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।