खेलकुद

विश्वभरी फैलिएको कोरोनाका कारण फिफा क्लब विश्वकप स्थगित

एजेन्सी । युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिताहरुमा पर्ने फिफा क्लब विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको फिफाले जनाएको छ ।

क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्मका लागि तय भएको थियो । फिफाले कोरोनाको प्रकोपको अवस्था हेरेर नयाँ मिति तय गर्ने बताएको छ ।

कोरोनाको कारण विश्वभरका ठूला खेलकुद प्रतियोगिता स्थगित भएका छन् ।