सामाजिक सञ्जाल

संग्रौलाको दाबीः ओली सरकारको कोरोना रोकथाम प्रयास प्रचार बकपास् प्रमाणित

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सरकारले काम भन्दा कुरा धेरै गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले सरकारले कोरोनाविरुद्ध लड्न हर दृष्टिले तयारी गरिएको प्रचार गर्दैगर्दा परासीका एक २४ वर्षे बिरामीले क्वारेन्टाइनस्थल खोज्दै परासी, बुटबल, चितवन र काठमाडौँका अस्पतालमा चार दिन धाउनु परेको भन्दै सरकार कुरामै अल्झिएको हो कि भन्ने आसंका व्यक्त गरेका छन् ।

केहिदिन अघि एक युवा आफुलाई कोरेनाको आसंककामा अस्पताल धाउँदा उक्त व्यक्तिको परिक्षण गर्न चिकित्सकले असहमती जनाएका थिए । साथै चिकित्सकहरुले भने आफुहरुसंग कारोना जाँच गर्दा अपनाउनु पर्ने सुरक्षा सामाग्रि केहि नभएका कारण बिरामिलाई छुन नसकेको बताएका थिए ।

साथै संग्रौलाले सरकारको तयारीको प्रचारबाजी उही चुलाचुलामा ग्यास टाइपको बकबास पो हो कि भन्दै प्रश्न गरेका छन् । सरकारले ग्याँसको आपुर्ति पर्याप्त भईरहेको बताईरहँदा यता उपभोक्ताको घरमा भने ग्याँसको अभावपनी देखिएको छ ।

 

उनको ट्वीटः सरकारले कोरोनाविरूध्द लड्न हरदृष्टिले तयारी गरिएको प्रचार गर्दैगर्दा परासीका एक २४ वर्षे बिरामीले क्वारेन्टाइनस्थल खोज्दै परासी, बुटबल, चितवन र काठमाडौँका अस्पतालमा चार दिन चक्कर मार्नु परेछ । सरकारको तयारीको प्रचारबाजी उही ‘चुलाचुलामा ग्यास’ टाइपको बकबास पो हो कि, मान्यवर ?