राजनीति

लाखौंको संख्यामा बिदेशमा रहेका नेपालीको स्वदेश फर्कने अधिकारमाथी बन्देज भयोः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले विश्वभर डढेलो झैं फैलिएको कोरोनाको आतंकबाट देशभित्रका नागरिकहरूको जीवनरक्षा गर्न विदेशसंगको भौतिक सम्पर्क र आवागमन बन्द गर्नु आवश्यक र सही भएको भन्दै सरकारको निर्णयमा समर्थन जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले कोरोना रोकथानमा नेपाल सरकारको विभिन्न निर्णय सहि भएको भएपनि मुलुक बाहिर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको विषयमा पनि ध्यान दिन आग्रह गरेका छन् ।

उनले लाखौंको संख्यामा विदेशमा श्रम बेचेर देशको अर्थतन्त्र धान्ने नेपालीहरूको सुरक्षा र स्वदेश फर्कने अधिकारको रक्षा कसरी गर्ने भन्ने तिर सरकारको ध्यान जान जरुरी रहेको बताए ।

चीनमा रहेका नेपालीलाई फिर्ता गरेपनि नेपाल सरकारले अन्य मुलुकमा रहेका नेपालीहरुको स्वस्थ्य र सुरक्षामा ध्यान नदिएको हो कि भन्ने संका उब्जीएको छ । सरकारले चीन जस्तो अन्य मुलुकबाट नेपाली फर्काउन नसकिने बताएको थियो ।

उनको ट्वीटः विश्वभर डढेलो झैं फैलिएको कोरोनाको आतंकबाट देशभित्रका नागरिकहरूको जीवनरक्षा गर्न विदेशसंगको भौतिक सम्पर्क र आवागमन बन्द गर्नु आवश्यकरसही हो ! तर लाखौंको संख्यामा विदेशमा श्रम बेचेर देशको अर्थतन्त्र धान्ने नेपालीहरूको सुरक्षा र स्वदेश फर्कने अधिकारको रक्षा कसरी गर्ने होरुध्यान पुगोस् !