समाचार

कोरोना त्रासः होटल व्यवसायी धरापमा, अधिकांश कर्मचारी बेतलबी बिदामा घर फिर्ता

काठमाडौं । चीनबाट सुरु भएको प्राण घातक कोरोना भाईरसको माहामारी यतिबेला विश्वभरी तिब्र रुपमा फैलिएको छ । भने ११ हजार वढीको ज्यान लिएको छ । अन्य मुलुकमा यसरी कोरोनाले आतंक मच्याएसंगै नेपालमा भाईरसको त्यो आतंक नभएपनि धेरै प्रभाव परेको छ ।

नेपालसंग सिमा जोडियो मुलुक भारतमा पनि यस्को माहामारी तिब्र बन्दै गएपछि नेपाल सरकारले कडाई गरेको छ । विभिन्न नाकाहरुदेखी लिएर विमानस्थल सम्म । यस्तै अन्य मुलुकहरुले आफ्नो देशमा बाहिरदेखि आउने र अरु देश जाने हवाईमार्गमा पुर्ण प्रतिबन्ध लगाएका छन् ।

भने नेपालले पनि अन्य मुलुकबाट आउने नागकिहरुलाई प्रतिबन्ध लगाएको छ । जस्को असर नेपालका बिभिन्न होटल व्यवसायीदेखी पर्यटन क्षेत्रमा नराम्रोसंग असर परेको छ । नेपालका विभिन्न पर्यटकीयस्थलहरुमा विदेशी पाहुनाको आगमन बन्द भएपछि होटल व्यवसायीहरु ठप्प भएका छन् । 

भने आफ्ना कर्मचारीलाई बिदा दिएर होटल नै बन्द गर्ने सम्म अवस्थामा पुगेका छन् । कोरोनाको त्रासले पर्यटक आउन छाडेपछी कर्मचारीहरुमा तनाव उत्पन्न भएको छ । हिजो हाज मुख्य पर्यटकीय केन्द्र ठमेलका अधिकांस होटेलहरु बन्द हुने अवस्थामा पुगेका छन् भने कर्मचारीहरु अनिश्चितकालको लागि बेतलबी बिदामा बस्न बाध्य भएका छन् । यतीमात्रै होईन भर्खरै नेपाल सरकारले सुरु गरेको पर्यटन वर्ष २०२० स्थगीत नै गर्नुपर्यो ।

सरकारले सबै मुलुकबाट आउने पर्यटकहरुमा प्रतिबन्ध लगाएपछि मुलुकभरका होटल व्यवसायीले कर्मचारलाई बेतलबी बिदामा घर पठाउन थालेका छन् । यसै क्रममा यस्तै संकटबाट काठमाडौंको ठमेलका होटल व्यवसायी गुज्रिरहेका छन् । पर्यटक आउन छाडेपछी  ठमेलका होटलहरुले कर्मचारीलाई बेतलबी बिदामा घर पठाउन थालेका छन् ।

ठमेल विकास रिष्ष्दका अध्यक्ष प्रकाश नरसिंह राणका अनुसार अहिले अधिकांश रात्रि व्यवसायहरु बन्द भएका छन् । केही आफ्नो मुलुकमा फर्कन नपाएका छिट–फुट पर्यटक बाहेक ठमेलका होटेलमा शुन्य छाएको छ ।

कोहि कोरोनाबाट नेपालमै सुरक्षा हुने भन्दै र्फकिएका छैनन् भने त कसैले टिकट नै पाएनन् । यस्तै ठमेलको चाक्सिबारीमा रहेको होटल ग्रीन होराईजनमा रहेका झण्डै एक दर्जन चीन, स्पेन र ईटालीबाट आएका पर्यटकहरु कोरोनाबाट नेपालमै सुरक्षा हुने भन्दै आफ्नो मुलुक नपर्किएर बसेको होटलका सञ्चालक रमेश ढकालले जानकारी दिए ।

यस्तै नेपाल सरकारले पनि २५ जनाभन्दा वढी एकैठाउँमा भेला हुन रोक लगाएको छ भने विभिन्न डान्सबार, जिमखाना, चलचित्रहल सबै बन्द गर्न निर्देशन पनि दिएको छ । परिषदका अनुसार अहिले ठमेल क्षेत्रमा साना ठुला गरेर करिब ४ हजार होटलहरु छन् भने ३० हजार जती कर्मचारी कार्यरत रहेका छन् । कर्मचरीलाई तलब खुवाउन नसकेपछी होटल व्यवसायीले ८०–९० प्रतिशत कर्मचरीलाई घर फिर्ता पठाएका छन् ।

रासुरक्षा, हाउसकिपिङ र पाकशालाका एकाध कर्मचारीबाहेक अधिकांश होटलले सबै कर्मचारीहरुलाई बिदा दिएका हुन् । सुरक्षा गार्ड र केही सीमित कर्मचारीहरु बाहेक बाँकी सबै कर्मचारीहरुलाई एउटै निर्णयबाट बिदाई गरिएको पर्यटन व्यवसायी एवं होटल सञ्चालकहरुले जनाएका छन् ।  त्यस्तै, ठमेलमा रहेको नर्बुलिंक बुटिक होटलमा २० जना बेलायती पर्यटकहरु स्वदेश फर्किने टिकट नपाएर बसिरहेको होटल सञ्चालक रविन ढकालले जानकारी दिए ।

होटल एसोसिएसन अफ नेपालको अग्रसरमा सरकारसँग ती कर्मचारीहरुलाई तलबको २५ प्रतिशतसम्म खर्च दिनेबारे पहल भइरहेको भए पनि त्यसबारे निर्णय भइनसकेकाले अहिलेसम्मका लागि सबै कर्मचारीहरुलाई बिना तलब अनिश्चितकालको लागि बिदाई गरिएको होटल नर्बुलिंकका सञ्चालक ढकाल बताउँछन् ।

ढकालले होटलका कूल ४० जना कर्मचारीमध्ये यतिबेला मुस्किलले ७र८ जना कर्मचारी बाहेक अरु सबैलाई बिदाई गरिएको जानकारी दिए । होटलले पछिल्लो १५ दिनदेखि नै नयाँ बुकिङ लिएको छैन ।

पहिले नै आएका २० जना आगामी २२ तारिकमा स्वदेश फर्किएपछि होटल पूर्णरुपमा बन्द गर्ने तयारीमा आफू रहेको ढकाल बताउँछन् । होटलले ८५ प्रतिशतभन्दा धेरै कर्मचारीहरुलाई अनिश्चितकालको लागि बिना तलब बिदा गरिएको जनाएको छ ।

त्यस्तै, द एड्रेस काठमाडौं नेपालका सञ्चालक नवीन भुजेल २२ तारिकसम्म बस्ने गरी आएका पाहुनालाई बिदाई गरेपछि अहिले कार्यरत २२ जना कर्मचारीहरुलाई बिदा गर्ने तयारीमा रहेको बताएका छन् ।

यस्तै कारोना तासका कारण क्यानडा, इटालि र स्पेनका एक पर्यटकहरु आफ्नो देश फर्किन मानेका छैनन् । यस्तै यो समस्या काठमाडौंको मात्रै होईन पर्यटकीय सहर पोखरामा पनि रहेको छ । कोरोना त्रासका कारण पर्यटकहरु नआएकोले होटल व्यवसायी टाँट पल्टिएका छन् ।