राजनीति

नेतृ संग्रौलाको आक्रोसः फेसबुकमा देखाउन राहत वितरणको फोटो लिँदै गरिबीमाथि भद्दा मजाक बन्द गरौं

चैत्र २९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले सरकारको घोषणा भाषणमै सिमीत हुँदा जनता भोको पेट बस्न बाध्य भएको बताएकी छिन् ।

एक सञ्चारमाध्यममा अन्र्तवार्ता दिदै नेतृ संग्रौलाले सरकारले दैनिक खाद्य आवस्यकता पुग्नेगरी लकडाउन अवधिभर राहत दिने घोषणा गरेपनि भाषणमा मात्रै सिमीत हुँदा दैनिक कमगरेर खाने श्रमिकहरु भोकै पेट बस्न बाध्य भएको बताईन ।

सरकारको दैखिक ज्यालादारी गर्ने श्रमिक तथा विपन्न वर्गलाई राहत उपलब्ध गराउने निर्णय स्वागत योग्य भएपनि कति परिणाम र कति समयसम्म उपलब्ध गराउने भनेर प्रष्ट निर्णय नगरेका कारण निम्न आए भएका श्रमिकहरु र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुमाथि संकट आईलागेको बताईन ।

संग्रौलाले स्थानीय तहलाई रात वितरण गर्न अनुमती दिएपनि कुन रकमबाट दिने भनि साधनस्रोत प्रष्ट नभएको भन्दै विपन्न श्रमिकहरुलाई विना मापदण्ड राहत वितरण गर्दा जनगुनासो पनि आएको बताईन ।

नेतृ संग्रौलाले कतिपय जनप्रतिनिधिहरु आफै अन्यौलमा रहेको भन्दै हुनेखाने व्यत्तिलहरु पनि राहत लिन जाने विकृति बढेको भन्दै आपत्ति जनाएकी छिन् । साथै उनले राहतम पनि राजनीतिकरण हुँदा वास्तविक श्रमिक पीडामा रहेको बताईन् ।

संग्रौलाले सरकारले नै कस्तो व्यक्तिले र कहिले सम्म राहत पाउने स्पष्ट पार्नुपर्ने भन्दै राहतको नाममा दुई किलो चामलले झारा टार्ने नभई कम्तीमा १५ दिनलाई पुग्नेगरी राहत दिनुपर्नेमा जोड दिएकी छिन् । राहत वितरण गर्दा अनावस्यक भिडभाड नभई सामाजिक दुरी कायम गर्नुपर्ने उनको भनाई छ ।

उनले अहिले कोरोना संकटले मुलुक आक्रान्त बनिरहेका बेला राहत वितरण गर्दापनि राजनीतिक भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा देखाउनकै लागि राहत वितरणको फोटो खिचाएर गरिबीमाथि भद्दा मजाक गरिरले तत्काल यसको अन्त्य गरिनुपर्ने बताई ।

संग्रौलाले कोरोना माहामारीको संकटलाई टार्न दिर्घकालिन योजना बनाउन समेत सरकारलाई आग्रह गरेकी छिन् । कोरोनाका कारण देशले भोग्नुपर्ने संकट र विपक्तिको बारेमा कुनै यकिन नभएकाले राहतमात्रै नभई सरकारले यसको दीर्घकालीन समाधानको उपायबारे सोच्नुपर्नेमा जोड दिएकी छिन् ।