पु.समाचार

नेपालमा फेरी एक व्यक्तिमा कोरोना संक्रमण पुष्टिः संक्रमीतको संख्या १३

बैशाख १ काठमाडौं । नेपालमा फेरी एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या १३ पुगेको छ । आज कैलालिको लम्की चुहामा एक ५५ वर्षीया महिलामा कोभिड १९ कोरोनाको संक्रमण देखिएको छ ।

१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

यस अघि आईतबार पर्सामा तिन भारतिय नागरिकमा कोरोना संक्रमण देखिएको थियो ।