३ बैसाख, काठमाडौं । पूर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा प्रत्यक्ष निर्बाचित राष्ट्रपति आवश्यक रहेको दोहोर्याईरहने बताएका छन् ।
डा भट्टराईले मुलुक विकासका लागि आफूपनि जिम्मेवार रहेको आफूले नबिर्सेको भन्दै मुलुकको पुर्व प्रधानमन्त्रीको हैशियतमा कुरा गर्नुपर्दा निरन्तर उठाएका प्रतयक्ष निर्बाचित राष्ट्रपति लगायतका एजेण्डाहरु पुरा गर्नुपर्ने बताएका छन् ।
उनले (१. प्रत्यक्ष निर्वाचित राष्ट्रपति, २.पूर्ण समानुपातिक संसद, ३. जनलोकपाल, ४. चुनावी खर्च राज्यद्वारा गर्ने जस्ता चार वटा एजेण्डाहरु निरन्तर उठाउने बताएका छन् ।
डा भट्टराई भन्छन्ः पूर्व प्रमको नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु। अतःतिनको समाधान निम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौं । (१. प्रत्यक्ष निर्वाचित राष्ट्रपति २.पूर्ण समानुपातिक संसद ३. जनलोकपाल ४. चुनावी खर्च राज्यद्वारा।यो नमरेसम्म भनिरहन्छु ! जो विचार!





