काठमाडौं । सझा पार्टीका संयोजक रवीनद्य्र मिश्रले कम्युनिष्ट र काँग्रेस साझा पार्टीको एजेण्डामा आएको दाबी गरेका छन् । उनले अझ केही समय एजेण्डा साझापार्टीको तर नेतृत्व कम्युनिष्ट र काँग्रेसको चलिरहने भन्दै मीले सांसद विकास कोषको शुरूदेखि तिब्र विरोध गरेको बताएका छन् ।
संयोजक मिश्रले, ‘हामीले शुरूदेखि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ। यी आधारभूत मानव अधिकार हुन्। यिनमा वर्ग विभेद हुनु हुँदैन भन्यौँ। बल्ल कम्युनिस्टरकांग्रेसका कयौँ नेता त्यसै भन्दैछन्।’ साँसद बिकास कोषलाई कोरोना राहत कोषमा खर्च गनुपर्छ भन्ने हिजोमात्र पास भएको र शिक्षा, स्वास्थ्य राज्यको दायीत्वमा आउनुपर्छ भन्ने छलफल हुन थाल्नु यी दुबै शुभ संकेत हुन् भन्ने संयोजक मिश्रको टिप्पणी छ ।
अझै केही समयसम्म ‘एजेण्डा साझा पार्टीको’ ‘नेतृत्व कम्युनिस्टरकांग्रेसको’ चलिरहने छ।
हामीले सांसद विकास कोषको शुरूदेखि तिब्र विरोध गर्यौँ। बल्ल कम्युनिस्टरकांग्रेस हाम्रो एजेण्डमा आए।
हामीले शुरूदेखि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ। यी आधारभूत मानव अधिकार हुन्। यिनमा वर्ग विभेद हुनु हुँदैन भन्यौँ। बल्ल कम्युनिस्टरकांग्रेसका कयौँ नेता त्यसै भन्दैछन्।
यी दुबै शुभ संकेत हुन्।





