५ बैसाख, काठमाडौं । नेपली काँग्रेसले नेपाली जनताको बिजोक हुँदा पनि सरकारले उनीहरुको उद्दार गर्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेको छ। काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले एक बिज्ञप्ती जारी गर्दै ‘निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटीएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।’ भनेका छन् ।
प्रवक्ता शर्माले ३ बुंदे प्रश्न, चेतावनी र आग्रह गर्दै यसो भनेका छन्ः
(१) सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेका छन्, जो संग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।
(२) गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार रु आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न रु
(३) परिक्षण, परिक्षण र व्यापक परिक्षण — कोरोनाबाट जोगाउन । राहत, राहत र पर्याप्त राहत —भोकमरीबाट जोगाउन । सरकारलाई हामी विनम्र अपिल गर्दछौं, सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनी पनि दिन चाहन्छौं ।
अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु प¥यो सरकार । सुनिन्छ भने सुन्नु प¥यो । बुझिन्छ भने बुझ्नु प¥यो । गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउंदछ ।





