पु.समाचार

नेविसंघलाई अझ बढी प्रशिक्षित र अनुसाशित संस्थाको रूपमा रुपान्तरण गर्छौंः अध्यक्ष ढुंगाना

बैशाख ६ काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थि संगठन नेपाल विद्यार्थि संघ (नेविसंघ) का अध्यक्ष राजिव ढुंगानाले संगठनलाई अझ बढी प्रशिक्षित र अनुसाशित संस्थाको रूपमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेविसंघ स्थापना दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले लोकतान्त्रिक मुल्य र मान्यतामा कहिले कसैसंग नझुक्ने ताथा विद्यार्थि हकहितका लागि सँधै समर्पित भएर संघार्ष गर्ने नेविसंघको क्रान्तिकारी छविलाई अझ उच्च बनाउन आ–आफ्नो ठाउँबाट योगादन दिन सम्पुर्ण कार्यकर्तामा अपिल समेत गरेका छन् ।

नेविसंघ स्थापनाले आज ५० वर्ष पार गरेर ५१ वर्षमा प्रवेश गरेको उपलक्षमा उनले नेविसंघलाई अझ बढी प्रशिक्षित र अनुसाशित संस्थाको रूपमा रुपान्तरण गरी वर्तमान समयमा हरेक चुनौतिको सामना गदै देशका सम्पुर्ण विद्यार्थिको आशा र भरोषाको एकमात्र केन्द्रका रुपमा नेविसंघलाई स्थापीत गर्नका लागि हातेमालो गर्न जरुरी रहेको बताएका छन् ।

साथै नेताहरु विपि कोराईराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रशाद कोरोराला, शुशिल कोइराले देखाएको बटोमा संगठन सँधै हिँड्ने विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष ढुंगानाले विज्ञप्ति मार्फत यतिबेला विश्वनै कोरोनाको चपेटमा परिरहेको प्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रदाञ्जली तथा सम्पुर्ण संक्रमीत प्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो संकटको घडिमा सिंगो राष्ट एकजुट भई माहामारीको सामना गर्न अपिल गर्दै उनले पारदर्शि भएर जनतालाई उत्साहित बनाउँदै सबैलाई साथमा लिएर अघि बढ्न सरकारसंग आग्रह गरेका छन् । साथै विगतमा सञ्चालीत शैक्षिक तथा राजनीतिक आन्दोलनमा विरगती प्राप्त गर्ने शहिदहरुप्रति श्रदाञ्जली प्रकट गरेका छन् ।