गण्डकी प्रदेश

काँग्रेस युवा नेता धितालले दिए निःशुल्क पीपीई लगायतका स्वास्थ्य सामाग्री

१८ बैसाख, काठमाडौं। नेपाली काँग्रेसका युवा नेता बिष्णु धितालले कोरोना संक्रमणबाट बच्न महत्वपूर्ण हुने मास्क, स्यानिटाईजर, पीपीई लगायतका स्वास्थय सामाग्रीहरु  निःशुल्क हस्तान्तरण गरेका छन् ।

लमजुंगंको दुधपोखरी गाँउपालीकाका सबै प्रहरी चौकी र स्वाथ्य संस्थाहरुमा उनले ती सामाग्रीहरु हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

प्रतिपक्षी दल नेपाली काँग्रेसका युवानेता धितालले कोारनो संक्रमणका बेला स्वास्थ्य क्षेत्र, सुरक्षाकर्मी, संचारकर्मी लगायत अग्रभागमा खट्नुपर्ने हुंदा उनीहरुलाई राज्यले उच्च मनोवलका साथ काम गर्नुपर्ने बताए । धितालले आफू थप सहयोग गर्न समेतपछि नपर्ने हस्तान्तरण कार्यक्रममा बताएका थिए ।

उनले बुधबार सामान्य कार्यक्रम गरी फरक फरक स्थानमा सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।