गण्डकी प्रदेश

नाई संघ र यातायात सम्बद्ध श्रमिकलाई राहत वितरण

३० बैसाख, काठमाडौं । कारोना भाइरस (कोभिड–१९) को महामारीको कारण समस्यामा परेका पोखराका नाईहरुलाई मंगलबार राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ।

पोखराको विभिन्न स्थानमा कपाल काट्ने पेशामा संलग्नहरु मध्ये दैनिकी गुजार्न असहज भएका २६र यातायात मजदुर ५ गरि ३१ परविारलाई राहत वितरण गरिएको नेपाल नाई संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लालबाबु ठाकुरले जानकारी दिएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कि र नाइ संघ कास्कीकै पहलमा यस अगाडि ३५ जनालाई राहत सामाग्री वितरण गरिएको थियो। पोखरा महानगरपालिका वडा नं. ३ को कार्यालयका वडाध्यक्ष रविन्द्र बहादुर प्रजु९रबिन्सन०को रोहवरमा राहत सामाग्री वितरण गरिएको हो।

पोखरा महानगरपालिका ५ निवासी ८५ वर्षिया चिजकुमारी गुरुङको इच्छा अनुसार उहाँका छोरा प्रकाश गुरुङको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीको पहल र नेपाल ट्रेड युनियन कांग्रेस कास्किको समन्वयमा नाई संघ र यातायात श्रमिक संघसँग सम्बद्ध श्रमिकहरुलाई ३५ हजार भन्दा बढि मुल्यको खाद्यान्न सामाग्री वितरण गरिएको थियो।

चिजकुमारी गुरुङका छोरा प्रकाश गुरुङले राहत वितरण गरि सुरुवात गरेको कार्यक्रममा बरिस्ठ पत्रकार गंगाधर पराजुली, नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि बराल, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सिना, सामाजिक अभियन्ताहरु अम्बिका ढुंगाना र शान्ति गुरुङ र नाई संघका वरिष्ठ उपाध्यक्ष लालबावु ठाकुरले राहत सामाग्री वितरण गरेका थिए।