राजनीति

अध्यक्ष थापाको टिप्पणीः कोरोनाका कारण हुने आर्थिक चुनौती सामना गर्न नीतिको अभाव

२ जैठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारले आज प्रश्तुत गरेको नीति तथा कार्यक्रम नारा र आश्वासनले भरिएको अव्यवहारिक दस्तावेज भएको टिप्पणी गरेका छन् । अधयक्ष थापाले ट्वीटमार्फत गरेको टिप्पणीमा कोभिड–१९को कारण आउने आर्थिक चुनौती सामनागर्न सशक्त नीतिको अभाव भएको बताएका छन् ।

उनले सरकारको आगामी बर्षको नीति तथा कार्यक्रमले प्राथमिकता अलमलिएको, अनावश्यकरुपले लामो, जनतामा उत्साह जागृतगर्न नसक्ने दस्तावेज भएको खुलस्त गरेका छन् । भखैरै सम्पन्न राष्ट्रप्रति बिद्यादेबी भण्डारीले पश्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बिषयमा अध्यक्ष थापाले प्रतिकृया दिएका हुन् ।

अध्यक्ष थापाले राष्ट्रप्रमुखको तहबाट सरकारको नीति तथा कार्यक्रममा नै पहिलो पटक लिम्पियाधुरा लगायतका अतिक्रमित नेपालको भूमि फिर्ता लिने प्रतिबद्धता ऐतिहासिक तथा प्रसंसनीय छ। सरकारको यस प्रयासमा राप्रपाको एक्यबद्धता र समर्थन रहने पनि बताएका छन् ।

उनको पतिकृयाः
सरकारको नीतिरकार्यक्रमस्
-अतिक्रमित भूमि फिर्तागर्ने वारे व्यक्त प्रतिबद्धता स्वागतयोग्य,
-कोभिड-१९को कारण आउने आर्थिक चुनौती सामनागर्न सशक्त नीतिको अभाव,
-नारा र आश्वासनले भरिएको अव्यवहारिक दस्तावेज
-प्राथमिकता अलमलिएको, अनावश्यकरुपले लामो, जनतामा उत्साह जागृतगर्न नसक्ने दस्तावेज

राष्ट्रप्रमुखको तहबाट सरकारको नीति तथा कार्यक्रममा नै पहिलो पटक लिम्पियाधुरा लगायतका अतिक्रमित नेपालको भूमि फिर्ता लिने प्रतिबद्धता ऐतिहासिक तथा प्रसंसनीय छ। सरकारको यस प्रयासमा राप्रपाको एक्यबद्धता र समर्थन रहने छ।