राजनीति

मृतकको संख्या बढ्यो भने लाश उठाउन/दाहसंस्कार गर्न कठिन, सचेत बनौंः संयोजक मिश्र

४ जेठ, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपालमा संक्रमितको संख्या धेरै बढ्यो भने स्वास्थ्य सेवाले थेग्न नसक्ने मात्र होइन मृत्यु हुनेको संख्या ह्वात्त बढ्यो भने लाश उठाउन र दाहसंस्कार गर्न पनि कठिन हुने विचार ब्यक्त गरेका छन् ।

संयोजक मिश्रले ब्राजिलको उदाहरण दिँदै त्यहाँ २४ घण्टामा १५ हजार बढी संक्रमित देखिएकोलाई हेर्न ध्यानाकर्षण गराएका छन् । कति समय भन्ने नखुलाएपनि अझै अझै लामो समय सावधान रहनुपर्ने उनको तर्क छ । शनिबारमात्र सिंधुपाल्चौककी २९ बर्षिया एक महिलाको निधन भएपछि समग्र क्षेत्र स्तब्ध भएका बेला संयोजक मिश्रको उक्त अभिब्यक्ती आएको हो ।

संयोजक मिश्र भन्छन्ः ब्रजिलमा २४ घण्टामा १५ हजार बढी संक्रमित देखिएका छन्। दिनमा ८ सयभन्दा बढीको ज्यान जाँदैछ। नेपालमा संक्रमितको संख्या धेरै बढ्यो भने स्वास्थ्य सेवाले थेग्न नसक्ने मात्र होइन मृत्यु हुनेको संख्या ह्वात्त बढ्यो भने लाश उठाउन र दाहसंस्कार गर्न पनि कठिन हुन्छ। अझै लामो समय सावधान रहौं।