राजनीति

अर्थतन्त्रमा योगदान दिनुभएका बिदेशमा अलपत्र नेपालीलाई तत्काल नेपाल फर्काउ: डा कोईराला

४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले बिदेशमा रहनुभएका श्रमजीवि नेपाली दिदीबहिनी तथा दाजुभाइहरु जसले नेपालको अर्थतन्त्र चलायमान गराउॅन ठूलो योगदान गरिरहनुभएको बताएका छन् ।

उनले ट्वीट गर्दै सिमामा आएर धेरै कष्ट झेल्दै बसेको स्मरण गर्दै सरकारले संक्रमणबाट बचाउँदै यथाशीघ्र नेपाल आउने वातावरण सिर्जना गर्नुपर्ने सल्लाह दिएका छन् ।

नेता कोईरालाले भनेका छन्ः बिदेशमा रहनुभएका श्रमजीवि नेपाली दिदीबहिनी तथा दाजुभाइहरु जसले नेपालको अर्थतन्त्र चलायमान गराउॅन ठूलो योगदान गरिरहनुभएको छ। बिबिध कारणले ति मध्ये धेरै स्वदेश फर्कन चाहनुहुन्छ। सिमामा आएर धेरै कष्ट झेल्दै हुनुहुन्छ। सरकारले संक्रमणबाट बचाउँदै यथाशीघ्र नेपाल आउने वातावरण सिर्जना गरोस।