५ जेठ, चितवन । ने.वि.संघ ईन्द्रेणी कलेजको ईकाई समितीले आज भरतपुर–११ स्थित नहर चोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरेको छ ।
भारतले नेपालको भुमीमा आफ्नो सैनिक क्याम्प खडा गरेको र अबैधानिक रुपमा नेपाली भुमीमा सडक उत्खनन गरेको विरोधमा उक्त कार्यक्रम ईन्द्रेणी कलेजका ईकाई अध्यक्ष रविन छेत्रीको सभापतित्व र ने.वि.संघ चितवनकी वरिष्ठ उपाध्यक्ष बिनिता चापागाईंको प्रमुख आतिथ्यतामा सुसम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ने.वि.संघ चितवनका जिल्ला उपाध्यक्ष रोसन बस्नेत , अनमोल अधिकारी उपस्थिती रहेको थियो । त्यसैगरि कार्यक्रममा ने.वि.संघ चितवनका सह–सचिव रविन खतीवडा, जिल्ला सदस्य कुमार जोसि, जिल्ला सदस्य नरेश प्रसाद भट्ट, प्रेसिडेन्सी कलेजका ईकाई अध्यक्ष लोमस क्षेत्री, प्रेरणा कलेजका ने.वि.संघ संयोजक सन्देश न्यौपाने, ने.वि.संघ विरेन्द्रका सह–सचिव सुवास पौडेल, प्राविधिक विद्यार्थी परिषद चितवनका सह–सचीव सोनाम लिम्बू, सुरेन्द्र तिमिल्सिना लगायतको उपस्तिथि अतिथिको रुपमा भएको थियो भने कार्यक्रम ईन्द्रेणी कलेजका सचीव प्रविन पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त कार्यक्रममा भारतीय बीस्तारवाद र के.पि ओलिको आलोचना गर्दै ने.वि.संघ चितवनका उपाध्यक्ष बिनिता चापागाईं, अनमोल अधिकारी, रोशन बस्नेतले आफ्नो आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमका सभापती रविन क्षेत्रीले सम्पुर्ण नेपालीको रगतको अन्तिम थोपा रहनेबेलासम्म भारतको हेपाहा प्रवृत्ति विरुद्ध आफूहरु लडने प्रतीबद्धता गरेका थिए ।