१६ जेठ, पोखरा । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ७७ युनिट रगत सङ्कलन भएको छ ।
विश्व व्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीसँगै रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन आकस्मिक रक्तदान कार्यक्रम हुँदै आएको छ । इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रागंत बरालले पहिलो रक्तदाता केन्द्रका सल्लाहकार टीकाराम पङ्गेनीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा ७७ जनाले रक्तदान गरेको हो ।
पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सेवा केन्द्रले नागरिकसँगको सहकार्यमा रचनात्मक काम गर्दै आएको बताउँदै मानव सेवामा समर्पित यस्ता कार्यमा वडाको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । केन्द्रले विभिन्न सङ्घसंस्थाको समन्वयमा लागुपदार्थ तथा दुव्र्यसनविरुद्धको सचेतना अभियान, रक्तदान कार्यक्रम, नागरिकसँग सुरक्षा विषयक अन्तक्र्रिया लगायतका सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पोखरा लेखनाथ सिटी तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । सो कार्यक्रममा सेवाकेन्द्रको नयाँ वर्ष २०७७ सालको क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।