१० असार काठमाडौं । गण्डकी प्रदेशमा फेरी ३२ जनामा कोरोना पुष्टि भएको छ । (बुधार) आज बिहानै गण्डकी प्रदेशका आठ जिल्लामा ३२ जना कोरोना संक्रमीत थपिएका हुन् ।
गण्डकी प्रदेशका लमजुङमा ५, पर्वतमा १, स्यांङजामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १, र नवलपुरमा ३ जना नयाँ संक्रमीत थपिएका हुन् ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।