राजनीति

नेकपाको स्थायी कमिटी बैठक तेस्रो पटक पनि स्थगीतः २६ गते बोलाईयो

२४ असार काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाको स्थयी कमिटीको बैठक फेरी तेस्रो पटक स्थगीत भएको छ ।

आज बिहान ११ बजे बालुवाटारमा बोलाईएको बैठक शुक्रबार २६ गते डाकिएको बताईएको छ । नेकपामा पछिल्लो समय आन्तरिक बिबाद चुलिँदा गर्दा पटक–पटकको स्थायी कमिटी बैठक स्थगीत हुँदै आएको छ ।

दुई अध्यक्षको वान टु वान वार्तामाफर्त समस्या समाधान गरी स्थयी कमिटि बस्ने भनिएपनि दुई अध्यक्ष बिचको बैठक बिना निस्कर्श बन्दै आएको छ ।

शिर्ष नेताहरुबीच अँझै छलफल आवस्यक रहेको भन्दै आजको बैठक स्थगीत गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।