पु.समाचार

बाढिपहिरोपीडितको तत्काल उद्धार तथा राहतमा लाग्न तरुण दलको सरकारसंग आग्रह

२५ असार, काठमाडौं । सिन्धुपााल्चोकमा आज गएको बाढीपहिरोमा परि निधन हुनेहरुप्रति नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले तत्काल उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गरेको छ ।
दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ती जारी गर्दै मृतकको आत्माको चीर शान्तीको कामनासहित घाईतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् । अध्यक्ष बस्नेतले तरुण दल जिल्ला समिति सिन्धुपाल्चोकलाई घाईतेहरुको उद्धार, राहत वितरण लगायतका कार्यमा लाग्न निर्देशनसमेत दिएका छन् ।

आज सिन्धुपाल्चोकको चाकुबजार, जम्बूबजार, खुर्सानीबारी र बााह्रबिसेमा बाढीपहिरो आएका कराण मानविय क्षति भएकोमा तरुण दलले चिन्ता देखाएको हो ।