आर्थिक

एन आई सी एशिया लघुवित्तको साधारण शेयर सूचीकरण

२५ असार, काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्ता शेयर समेत गरी जम्मा १ करोड ४८ लाख कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा बुधबार सूचीकरण भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट चैत्र ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २ लाख ३७हजार ८ सय कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४ हजार कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४ हजार कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन असार १४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द भएको सर्वसाधरणमा अवगत गराएको छ । जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा बोकेको यस संस्थाको प्राथमिक शेयर खरिद गर्न ३,९७,७४१ वटा आवेदन मार्फत सर्वसाधारणहरुले निवेदन दिनु भएकोमा यस संस्था गौरवान्वित भएको बैंकले जनाएको छ ।

यस बैंकले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट,सल्यान रसुवा,सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको जानकारी दिएको छ ।