पु.समाचार

सार्बजनिक बस चल्न दिने सरकारको निर्णय, उपत्यका तथा अन्तरजिल्लामा मात्र

२५ असार, काठमाडौं । अब काठमाडौं उपत्यकासहितका अन्तरजिल्लामा सार्बजनिक सवारी चल्न दिने सरकारको निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडालेृ जानकारी दिएका छन् ।
उनले कुनै जिल्लामा त्यही जिल्लाभित्र चल्ने सवारीसाधन चल्न दिईने छ भने काठमाडौंमा काठमाण्डौं, ललितपुर र भक्तपुरमा सार्बजनिक यातायात चल्न पाउनेछन् ।

चैत्र ११ गतेदेखी बन्द भएका सवारीसाधन र उक्त सार्बजनिक सवारीसाधनमा सवार हुने बाध्यता भएका यात्रु मारमा थिए भने ब्यावशायीहरुले बैंकको ब्याज तिर्न नसक्ने भन्दै सरकारलाई बसको चाबी बुझाईरहेका छन् ।