आर्थिक

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

२५ असार, काठमाडौं । ज्योति विकास बैंकको सञ्चालक समितिको असार२५ गते बसेको बैठकले श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रीभट्टले यहि आउँदो श्रावण ७ गते बुधबार देखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका श्रीभट्टको बैंक, बीमा र रेमिट गरि आर्थिक क्षेत्रमा २ दशक भन्दाबढीको अनुभव रहेकोछ। नव नियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालिसकेका छन् । श्रीभट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेकोछ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटाब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ। हालसम्म बैंकले ३लाखभन्दा बढि खाताबाट करिब ३५ अर्ब निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई करिब ३०अर्व लगानी गर्न सफल भएको छ।