२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा नेपालका बैंकिङ क्षेत्रमा परेको प्रभाव तथा अर्थतन्त्रमा कोरोनाले पारेको प्रभावको बारेमा सरोकारवालासँग छलफल भएको छ।
मौद्रिक नीतिमा सरकारले कुन कुन कुराहरुको सम्वोधन गर्न आवश्यक छ,जसको कारण आर्थिक पुनरुत्थान हुन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो।
उक्त समितिले नेपाल चेम्बरसंग पनि छलफल गरेको छ। छलफलका क्रममा नेपाल चेम्बर्र अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्र बैंकको आदेश बैंकहरुले नमानेको, पुनर्कजाको नीति अलि प्रष्ट नभएको, पुनः लकडाउनको हल्लाले व्यापारी अझ डराइरहेको बताए। उनले भने, ‘स्थानिय निकायलगायतले कर उठाउदा ८० प्रतिसतसम्म ब्यापारीले कर तिर्नुपर्ने अवस्था आयो त्यसैले कर प्रणाली एकीकृत हुन पर्यो ।’ ‘राज्यको आन्तरिक पर्यटन मात्र भनेर भएन यातायातकोसमेत ब्यबस्थापन गर्न पर्यो।’ यस्तै कांग्रेसको उक्त समितिले आजै निर्माण व्यावसायि सँग पनि निर्माण ब्यबसायमा परेका असर बारे पनि छलफल गरेको छ।
निर्माण व्यावसायि महासंघका अध्यक्ष रवि सिंहको टोलीसँग गरिएको छलफलमा निर्मान व्यावसायिहरुले कोरोना भाइरसको सबैभन्दा ठूलो असर निर्माण ब्यबसायमा परेको बताएका थिए।






