२८ आषाढ, काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवाप्रदानगर्ने उदेश्यले शाखाविस्तार गरेको छ । आइतबार यस बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमाफर्त ४ वटाशाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका छन् ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मकउपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमाल्याइएको छ । नेपाली जन माझआफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।
कोरोनाभाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमापनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यममार्पmत उद्घाटन गरेको हो । आफ्ना शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
हालसम्म सन््राइज बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्नाकरिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरmमापनिथपशाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र ए.टि.एम हरm संचालनगर्ने योजना रहेको जनाएको छ ।





