राजनीति

स्थायी समिति अगाडी शनिबार सचिवालय बैठक बस्ने नेकपाको तयारी

०२ साउन, काठमाडौं । नेकपा स्थायी समिति बैठक आईतबारलाई सरेको समयमा नेकपा अध्यक्षद्वयको भोली शनिबार सचिवालय बैठक बस्ने सहमती भएको बताईएको छ । अध्यक्ष पुष्पकमल दहाल र बरिष्ठ नेता माधव कुमार नेपालले संयुक्त रुपमा बिहीबारको बैठकमा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि चिढिएका ओलीलाई स्थायी समिति सदस्यको बहुमतले राजीनामा दिन सुझाव दिएका थिए ।

कोरोना भाईरस संक्रमणका कारण सिंगै मुलुक लकडाउनमा रहेका बेला सरकारबिरुद्ध बिभिन्न आरोप लागिरहेका बेला प्रधानमन्त्री ओली कुनैपनि हालतमा पद नछाड्ने मनस्थितिमा देखिएको समाचार र्आरहेको छ भने उनी ईतरका अध्यक्ष दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झालनाथ खनाल लगायत कुनैपनि हालतमा गराएर राजीनामा दिलाउने लाईनमा देखिएका छन् ।

पटक पटक सारिएको स्थायी समिति आज पर्सिसम्मका लागि स्थगीत भएको छ भने सचिवालय बैठक बस्ने भनेपनि शनिबार पनि कुनै बाहनामा प्रधानमन्त्रीले सचिवालय बैठक सार्नसक्ने अनुमान नेकपा कार्यकर्ताको छ ।