०२ साउन, काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दिपकबहादुर गुरुङको निधनको खवरले आफूलाई स्तव्ध बनाएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
ब्रिटिस आर्मीका पूर्ब मेजर तथा बेलायती महारानीका पूर्व बडिगाडी समेत रहेका काँग्रेस नेता गुरुङको निधनमा अत्यान्त मर्माहित र स्तब्ध बनाएको सभापति देउवाले बताएका छन् । उनले मृतक गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेृका छन् ।





