राजनीति

आउँदो निर्बाचनमा काँग्रेसलाई शक्तीसाली बनाउन नयाँ फर्म दिन आवश्यकः नेता जोशी

३ साउन, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्ब मन्त्री नविन्दराज जोशीले काँग्रेसलाई नयाँ फर्म दिन आवश्यक रहेको बताएका छन् । उनले तीन तीन वटा क्रान्तीको नेतृत्व गरेको काँग्रेस पछि परेको कुरालाई हेरेर अगाडी बढ्ने बेला आएको बताए ।

उनले काँग्रेसमा भबिश्य जोडिएका कार्यकर्ताहरुलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्दै लोकतान्त्रीक समाजबाद अझ बढी सान्दभीक देखिँदै गएको बताए ।

लोकतान्त्रीक समाजबादमा आर्थिक लगायतमा राम्रो हुनुपर्ने भन्द्र बाजे काँग्रेस, बुवा काँग्रेस, म काँग्रेस वा मेरो छोरा वा छोरी काँग्रेस भनेको भरमा काँग्रेस बलियो हुन नसक्ने उनको तर्क छ ।

नेविसंघका ८ वटा महाधिवेशन हुँदा पनि ५० बर्षकोलाई नेविसंघमा राख्नुपर्ने किन अवस्था आयो भन्ने प्रश्न गर्नुपर्ने समय आएको भन्दै भातृसस्थाको निर्बाचनका कुराहरुमा ध्यान दिनुपर्ने बताए । उनले तरुण दलमा ४ जना, नेविसंघमा १० जना बनाएर हुन्छ र ? उनको तर्क छ । काँग्रेसको राजनीतिको धार भनेको फिल्डमा गएर भन्दा नेताको घर घरमा गएर काम गर्ने चलन देखिएको बताए ।
नयाँ कुराहरुलाई आधार बनाएर लोकतान्त्रीक समाजबादलाई पुनः परिभाषित गर्न आवश्यक रहेको भन्दै कम्युनिजममा अवशरको समाजबाद हुने सम्भावनै नरहने तर्क गरे । उनले पुँजीबादमा पनि अवशरको समाजबाद हुन नसक्ने भन्दै लोकतान्त्रीक समाजबादमा मात्र अवशरको समाजबाद सम्भव हुने बताए । सिद्धान्त र आदर्शले सबै प्रतिभाको प्रस्फुटनलाई सम्बोधन गर्ने भन्दै मानिसको सबैभन्दा बढि हित हुने, कल्याण गर्न सक्ने बत्राद भनेको लोकतान्त्रीक समाजबाद भएको उनले बताए ।

सामाजिक, साँस्कृतिक, आथिर्गक अधिकारलाई समाजबादले सम्बोधन गर्न सक्ने दाबी गरे । लोकतान्त्रीक समाजबादले संबिधानमा लेखेको खान, लाउन र बस्न पाउने अधिकारलाई लोकतान्त्रीक समाजबादलेमात्र कार्यान्यवयन गर्न सक्ने नेता जोशीको भनाई छ । उनले समाजबाद भनेको आर्थिक भन्दा राजनीतिक एजेण्डा भएको भन्दै महाधिवेशनको घोषणा भईसकेपनि नियुक्तीहरु भईरहेका कुराको उनले बिरोध जनाएक छन् ।
नेता जोशीले गणेशमानन सिंह प्रतिष्ठानद्वारा आयोजीत जुम ब्ैठकमा उक्त कुराहरु बताएका हुन् ।