११ साउन, काठमाडौं । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोईरालाको तस्वीर हटाएकोमा आक्रोस जनाएको छ । केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बिज्ञप्ती जारी गर्दै बिरोध जनाका छन् ।
अध्यक्ष बस्नेतले हटाईएको तस्वीर तत्काल यथास्थानमा नराखे नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने छ भन्ने चेतावनी दिएका छन् ।
अध्यक्ष बस्नेतले बिज्ञप्तीमार्फत भनेका छन्, ‘प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानब वी.पी.कोईराला नेपाल तरुण दलको सम्मानित आदर्श पात्र हुन त्यसैले महामानव बिपी कोइराला प्रती हुने कुनै पनि प्रकारका अपमान र उहाँको अस्तित्व मेटाउने प्रयत्न कति कतैबाट भए सो कार्य नेपाल तरुण दललाई सैह्य हुँदैन । महामानब बिपी कोइरालाको नाममा स्थापना भएको वी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान कार्यालयमा सुरुवाती अबस्थाबाट राखिएको महामानव वी.पी. कोइरालाको तस्वीर वर्तमान उपकुलपति को निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकोले सो कार्य खेदजनक निन्दनीय कार्य हो । अर्काको अस्तित्व स्विकार गर्न नसक्ने यस्ता घृणित मानसिकता प्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ। हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने छ भन्ने चेतावनी पनि दिन चाहान्छौंं । जय नेपाल ।’






