पु.समाचार

बिष्णु पौडेलका पीएसओलाई कोरोना, भेटघाटका काम बन्द गर्दै पौडेल पनि बसे आईसोलेसनमा

२५ साउन, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलका पीएसओलाई कोरोना संक्रमण भेटिएपछि महासचिव पौडेल आजबाट आईसोलेसनमा बसेका छन् । उनले शनिबारमात्र नेकपा अध्यक्ष पुष्पकमल दहाललाई भेटेका थिए ।

हिजोमात्र अध्यक्ष दहालको स्वाब परीक्षणपछि कोरोना नेगेटिभ देखिएको थियो भने उनका सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको थियो ।

महासचिव पौडेलसहितकालाई कोरोना नेगेटिभ भएको भनिएपनि आजबाट पौडेलले सबै प्रकारका भेटघाट बन्द गरी आईसोलेसनमा बसेको समाचार छ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैगएको छ ।