राजनीति

बिपी पुत्र डा शसाँक र गणेशमान पुत्र प्रकाशमान नै काँग्रेस सिध्याउन लागेः महामन्त्री शेरचन

२७ साउन, काठमाडौं । नेपाली काँग्रे बिपीका महामन्त्री सुशीलमान सेरचनले बिपी कोईराला पुत्र डा शसाँक कोईराला र गणेबमान सिंह पुत्र प्रकाशमान सिंहले काँग्रेसलाई समाप्त पार्न लागि परेको बताएका छन् ।
सुर्यखबरसँगको कुराकानीमा बोल्दै पुर्ब राज्यमन्त्रीसमेत रहेका नेता सेरचनले काँग्रेसले विपी कोईरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजबादको नारालाई छाडेको समयमा महामानव बिपी कोईराला र बीर गणेशमानका पुत्रहरु विचारको भन्दा स्वार्थको पछि लाग्नु दुर्भाग्य भएको बताएका छन् । उनले गणेशमान र बिपीका पुत्र गणतन्त्र र धर्म निरपेक्षमा लाग्ने हो त ? भन्दै प्रति प्रश्न गरेका छन् ।
महामन्त्री सेरचनले बिपीले कल्पना गरेको हिन्दू राज्य, राजसंस्थालाई कुल्चिदै शसाँक कोईराला गणतन्त्र जानु आफ्नो बुवाको सपनामाथीको कुठाराघात भएको भन्दै काँग्रेसले यस्तै हर्कत गर्दैजाने हो भने आगामी निर्बाचनमा बढीमा १० सीटमात्र विजय हाँशिल हुने दाबी गरेका छन् ।
नेपाली काँग्रेस पार्टीका पुराना नेतासमेत रहेका महामन्त्री सेरचनले नेपाली काँग्रेसका सहमहामन्त्री गोबिन्दराज जोशीलाई कारबाही गरेर सुर्यबहादुर थापाको छोरा सुनील थापालाई पार्टीभित्र प्रवेश गराउँदा काँग्रेसभित्र नेताकार्यकर्तालाई गर्ने मूल्याँकन कस्तो छ ? भन्ने स्पष्ट भएको भन्दै आगामी १० बर्षभित्र नेपाली काँग्रेस बिपी पहिलो लोकतान्त्रीक पार्टी हुने ठोकुवा गरेका छन् ।
नेता शेरचनले नेपाली काँग्रेस पार्टीभित्र भएका ईमान्दार, पुराना र क्षमतावान नेता कार्यकर्ताप्रतिको गलत हेराई र पाखा लगाउने प्रबृतिलाई चिर्दै सबैलाई न्याय दिने परिपार्टीको विकास गर्न लोकतान्त्रीक पार्टीको बिकल्प दिन नेपाली काँग्रेस बिपी स्थापना गरिएको जिकिर गरेका छन् । उनले काँग्रेसले अहिले राष्ट्रियता, प्रजातन्त्र र समाजबादको सट्टा राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र अंगिकार गरेको दाबी गरेका छन् ।
नेता सेरचनले नेपाली काँग्रेसले बिपी कोईरालाको बाटो बिर्षदै कम्युनिष्टको सिद्धान्तमा लागेको भन्दै महामारीमा गरेका नेकपा नेतृत्वका ठूला ठूला भ्रष्टाचार काण्डमा काँग्रेस नेतृत्वको संलग्नता रहेको स्पष्ट पारेका छन् । नेता सेरचनले काँग्रेसको बिधानमा नै राष्ट्रियता, प्रजातन्त्र र समाजबाद छ नि ? भन्ने प्रश्न गर्दा त्यो सबै कार्यकर्तालाई झुक्याउनेमाद्यममात्र भएको जिकिर गरेका छन् । उनले नेपाली काँग्रेस ( बिपी) ले ७७ वटै जिल्लामा संगठन बिस्तारमा लागेको बताउँदै नेकपा सरकारले सुशी नेपाली समृद्ध नेपाल भन्ने नारामात्र ल्याएको तर जनता उही बाढी पहिरो, उही डुवानमा र उही महामारीको चपेटामा परेको बताएका छन् ।
नेता सेरचनले गुटउपगुट सबै पार्टीमा हुने बताउँदै एमसीसी खारेज गर्नुपर्ने आफूहरुको माग रहेको स्पष्ट पारेका छन् । उनले एमसीसीमा सम्झौता गर्दा नै नेपालबाट अर्थमन्त्री र अमेरिकाबाट सामान्य कर्मचारीले गरेको भन्दै अन्य धेरै असमान कुराहरु हटाएर पुनः सम्झौता गरेमामात्र यसलाई स्वीकार्न सकिने बताएका छन् ।
नेता सेरचनले तपाईहरु नेपाली काँग्रेसमा एकीकरण हुने सम्भावना कत्तिको देख्नुहुन्छ भन्ने प्रश्नमा नेपाली काँग्रेसले बाटो बिराएर बिपीको बाटो बिर्सिएकाले आफूहरुले बिपीको बाटोमा रहन नेपाली काँग्रेस बिपी गठन गरेको हुनाले बिपीको बाटोमा रहने जोकोहीपनि आफूहरुसंग जोडिन सक्ने बताए, उनले नेपाली काँग्रेससँग यही अवस्थामा मिल्ने सम्भावना नै नभएको उनको जिकिर छ ।
सन्त नेता हरिबोल भट्टराईको नेतृत्वमा गठन भएको काँग्रेस बिपी शक्तीसाली हुनेमा कुनै शंका नरहेको बताउँदै बिपी कोईराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंहले देखाएको काँग्रेसको बाटो अहिलेको नभएको जिकिर गरेका छन् ।