३० साउन, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको खबरले नेपाल तरुण दल केन्द्रिय समितिलाई मर्माहत मनाएको बताएको छ।
दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ती निकाल्दै उक्त स्थानका जनताले पटक पटक आफ्नो बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिनहुनका लागि ध्यानाकर्षण गराउदा पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा यो अबस्था आएको हो भन्ने आरोप लगाएका छन्।
नेपाल तरुण दल केन्द्रिय समितिको ठहर अनुसार आम जनताको माग प्रति गैर जिम्मेवार हुनेलाई हदै सम्मको कारवाही गर्नुहुन साथै बेपत्ताहरुको यथासिघ्र खोजी, घाईतेहरुको उपचार र जोखिममा रहेका परिवारहरुको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेकोछ । नेपाल तरुण दल जिल्ला, क्षेत्र, पालिका र वडा समितिलाईपनि उद्दार, राहात र स्थानान्तरण कार्यमा जुट्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गरेकोछ ।






