साहित्य

ए लाटा!

                            -डा सुरेन्द्र सिटौल                      -कविता

उ भित्रै रहेछ
मैले बाहिर खोजे
उसको जन्म कुण्डली थिएन
मैले उ सग जन्मदिन सोधे
सधै जवान देखिने
उसको उमेर खोजे

आयु सग उसलाइ सरोकार थिएन
भन्छ !
मेरो उमेर नाप्न
समय कहिल्यै तयार भएन
उ भन्छ
म जन्मिदा कसैलाइ पिडा भएन
कारण !
मलाइ जन्माउने कोहि थिएन
मलाइ मृत्युको डर छैन
किन कि !
मलाइ हराउने मृत्युको कुनै रहर छैन
सुखदुःख नियमित दिन-रात हुन
त्यसैले त म भन्छु
मलाइ दुखको कुनै कहर छैन

म पुर्ण छु अनि अनन्त छु
तिमिले झट्ट हेर्दा
तिमि भन्दा म भिन्न छु
म सँग
आफै भित्र हेर्ने आखा छ
चेतनाको आफ्नै भाका छ
अनन्त यात्राको आफ्नै खाका छ

म सँग दुखमा पनि रमाउने घरवार छ
तर वैभवमा रुने दरबार छैन
आफै सग अजनवि
तिमि जस्तो म होइन
सोध चराचर लार्इ
दुखमा म कहिल्यै रोइन
मेरो कुनै धर्म छैन
फेरि म अधर्मी होइन
म निर्विकल्प सच्चिदानन्द हु
तिमि भित्रै रमाउने
तिम्रै परमानन्द हुँ

झल्यास्स निद्राबाट ब्युझाउँदै
उसले सम्झायो
ए लाटा!
तिमि र म एउटै हुँ
आउ आफुलाइ छोडेर
मै तिर आउ
सगै मिलेर जिवनको
सार्थक गीत गाउ
शृष्ठीको साझा फुलबारीमा
सधैँ सँगै रमाउ ।