३ भदौ, काठमाडौं । आज कोरोना संक्रमणका कारण ६ जनाको पिनधन भएको छ भने ६८१ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार मृतक संख्या १२० र नेपालमा कोरोना संक्रमितको सँख्या २८ हजार ९३८ पुगेको छ । २४ घण्टामा ११ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएको थियो । अहिलेसम्म झण्डै १८ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।





