राजनीति

सामाजिक दुरी कायम राख्दै तिज मनाउन कांग्रेस सभापती देउवाको अपिल

५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सामाजिक दुरी कायम राख्दै तिज मनाउन अपिल गरेका छन् । सभापती  देउवाले तिजको अवसरमा देश तथा विदेशमा रहेन सम्पुर्ण नेपाली दिदि बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै सभापती देउवाले मुलुक अहिले कोरोनाको उच्च जोखिममा रहेकाले जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राख्दै तिज मनाउन सम्पुर्ण नेपाली दिदि–बहिनीलाई अपिल गरेका छन् ।

साथै सभापती देउवाले तिजमा चेलिहरु माईत आउने र पारिवारीक सम्बन्धलाई हार्दिक बनाउन तिजले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

देउवले तिज पर्वले देश, समाज र सबैको पारिवारीक जिवनमा अपनत्व अभिबृद्धि गर्न सकोस भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।