७ भदौ, काठमाडौं । आज ८१८ जनामा कोरोना संक्रमण थपिएको छ । २२० महिला र ५९८ महिला गरी उक्त संक्रमण थपिएको हो । आज संक्रमित थपिएपछि जम्मा संक्रमित ३१ हजार ९३५ पुगेको छ भने डिस्चार्ज हुनेको आजको संख्या २८१ छ । आज जम्मा ८ हजार २६ को परीक्षणमा उक्त संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामामात्र १६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जम्मा पिसिआर संख्या आज कम देखिएको बताए । हालसम्म कोरोना संक्रमण मुक्त भएका १८ हजार ६३१ जना छन् । आईसियूमा जम्मा १३७ जना उपचाररतः छन् । भेन्टिलेटरमा १० जना रहेको र उनीहरु बाग्मतीमाभएके बताएका छन् ।





