८ भदौ, काठमाडौं। नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले बिश्वब्यापरी रुपमा फैलिएको महामारी कोरोना भाईरस संक्रमणका बेला डाक्टर, नर्श, स्वास्थ्यकर्मी तथा पेशा समुदायप्रति भएका मनोवल गिराउने कार्यको तीब्र बिरोध गरेको छ ।
दलका केन्द्रीय अधयक्ष जितजंग बस्नेतले हस्ताक्षर गरी पठाएको विज्ञप्तीमा, ‘ यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ ।’ भनिएको छ ।
दलको केन्द्रीय समितिले विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष बस्नेतले महामारीका बेला अग्रपंक्तीमा खट्नेमाथी अभद्र ब्यवहार गर्ने अमानवीय व्यवहारमा संलग्न जोसुकै होस भनेका छन् । अध्यक्ष बस्नेतले कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समितिकोतर्फबाट सरकार तथा संबन्धित निकायसँग जोडदार माग गरेका छन् ।






