१० भदौ, काठमाडौँ । २४ घण्टामा देशभर ११ जनाको निधन भएको छ भने ८८५ जना कोरोना संक्रमितहरु पुष्टी भएका छन् । उपत्यकामा ३०१ जनासहित संक्रमितहरु फेला परेका हुन् । आजसम्म ३४ हजार ४१८ जना संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेश ब्रिफिगंमा बताएका छन् ।
उपत्यकाको काठमाडौंमा २३०, ललितपुरमा ४७ जना अनि भक्तपुरमा २४ जना कोरोना संक्रमितहरु भेटिएका छन् । हिजो संक्रमणका कारण ८ जनाको निधन भएको थियो । केहीदिन अगाडी पनि कोरोनाका कारण ११ जनाको निधन भएपनि उक्त रेकर्डसँग मिल्दो नम्बर आज पनि देखिएको छ । आज निधन भएकालाई जोड्दा कोरोना संक्रमणका कारण नेपालमा निधन हुनेको संख्या १७५ पुगेको छ ।





