राजनीति

१० एजेण्डासहित नेता पौडेल भन्छन्, ‘काम धेरै गरेको छु, प्रचारको कमि हुन सक्छ’

१३ भाद्र, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अब ‘मेरा १० एजेण्डा’ भन्दै आफ्ना एजेण्डा सार्बजनिक गरेका छन् । पौडेलले आउँदो १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने घोषणा नगरेपनि १३ औं महाधिवेशनमा बर्तमान सभापति शेरबहादुर देउवासँग दोस्रो पराजित उम्मेद्वार र सभापति देउवासँग बलियो प्रतिद्वन्दी भएक कारण सभापतिको उम्मेद्वारी दिने निश्चित रहेको निकट नेताहरु बताउछन् ।
शालीन तथा कृषि क्रन्तीलाई महत्व दिँदै बिश्वभर रहेका नेपालीलाई मुलुकमा भित्र्याएर कृषि, पर्यटन र उर्जामा संलग्न गराई रोजगार दिएर मुलुकमा नै बस्ने वातावरण बनाउने अभियानमासमेत लागेका बरिष्ठ नेता पौडेलले भनेका छन्, ‘मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु। प्रचारको कमि हुन सक्छ ।’ बरिष्ठ नेता पौडेलका अवका १० एजेण्डा यस्ता छन्ः
१. नेपालको वर्तमान संविधान लागु गर्ने ।
२. नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।
३. नेपालको उन्नतिको बाटो देखाउने।
४. नेपालमा सुशासन लागु गराउने।
५. नेपालको असंलग्नता र तटस्थतालाई बचाउने।
६. नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।
७. कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।
८. नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।
९. नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।
१०. नेपाली कांग्रेस विचार शुन्य र दिशा बिहिन छैन भन्ने सावित गराउने ।