पु.समाचार

प्रधानमन्त्रीको बिरोधमा वालुवाटार गएका काँग्रेस बिपीका महासचिव सेरचनसहित आधादर्जन घाईते

१५ भदौ, काठमाडौं। नेपाली काँग्रेस बिपीका महासचिव शुसीलमान सेरचनमाथी पानीको फोहोराले आक्रमण गरी घाईते बनाएको छ । लकडाउनको कारण सर्बसाधारणहरुलाई आक्रान्त बाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न गएका महासचिव सेरचनसहितका कार्यकर्तालाई प्रहरीले तितरबितर गर्ने क्रममा महासचिव सेरचन घाईते भएका हुन् ।
बिपी काँग्रेस जिन्दाबाद भन्दै बालुवाटार प्रधानमन्त्री निवासमा नारा लगाउँदै गएका कार्यकर्तामाथी प्रहरीले हट्नलाई आग्रह गरेपनि महामन्त्री शेरचनलगायत आधादर्जनले छाड्न नमानेपछि उनीहरुलाई पानीको फोहोरा हानेर घाईते बनाईएको हो । नेता शेरचनको अनुहार फुटेको र सख्त घाईते भएका छन् । आफूहरुलाई मार्न प्रहरीलाई चुनौती दिँदै कार्यकर्ताले आक्रोस पोखेका छन् । पुर्वमन्त्रीरहेका शेरचन सख्त छन् । जनता भोकभोकै मरिरहेकाबेला प्रधानमन्त्रीले मुरली बजाएको आरोप लगाएका छन् । महासचिव सेरचनले ज्यालादरी मजदुरलगायतलाई भीख माग्ने कार्यक्रम राखेको बताए ।