आर्थिक

ईन्द्रजात्रामा सानिमा बैंकको QR Code यात्राको सौगात

१५ भदौ, काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा QR Code  को यात्रा” योजना । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल contactless भुक्तानीको सरल, सुरक्षित माध्यम QR Code  को लागि आवेदन दिँदा पाँच सय बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन् जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन् । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर QR Code मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी हुनुभएका QR मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।