१७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले रेल निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु गलत भएको टिप्पणी गरेका छन् । नेता पौडेलले सार्बजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली ६ बिपरीत ठेक्का दिँदा खुला प्रतिष्पर्धाका आधारमा हुनुपर्नेमा निश्चित ठेकेदारलाई पोस्ने काम भएको बतँएका छन् ।
बरिष्ठ नेता पौडेलले रेलमार्गको आसपासका सर्बसाधारणलाई मुआब्जा समेत नदिई रेल निर्माण प्रकृया थाल्नु सर्बथा गलत भएको ठहर गरेका छन् । पौडेलले निश्चित ठेकेदारलाईमात्र योग्य बनाएर बिना खुल्ला प्रतिष्पर्धा ठेक्का दिईनु संस्थागत तथा नीतिगत भ्रष्टाचार भएको बताएका छन् । उनले तत्काल राज्यकोषको दुरुपयोग गर्दै ब्रम्हलुट गर्ने कार्य रोक्न सरकारलाई आग्रह गर्दै त्यस्को ब्रम्हलुटलाई छानविन गर्न सार्बजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसंधान आयोग, विकास समिति लगायत न्यायीक निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
बरिष्ठ नेता पौडेल काकडभिट्टा इनरुवा रेलमार्गको बिषयमा खरो रुपमा बिरोधमा उत्रिएका छन् ।






