राजनीति

सरकारको निषेधाज्ञा गर्ने निर्णय अध्ययनका आधारमा नभएर हचुँवामाः काँग्रेस

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमामन्त्री डा प्रकाशसरण महतले नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको बताएका छन्। नेपाली काँग्रेस भनेका छन्, ‘कोभिड—१९ अनुगमन समितिका संयोजकसमेत रहेका उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेका छन् ।’
सहमहामन्त्ती डा महतले अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको भन्दै निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो भएको बताएका छन् । डा महतले दैनिक रुपमा कोरोना संक्रमण बढ्ने क्रम कम नभएको बताउँदै कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको विज्ञप्तीमार्फत जनाएका छन् । उनले निषेधाज्ञा लगाउने÷नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दै गरेको बताएका छन् ।
सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ वुँदे ध्यानाकर्षण सहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको स्मरण गराउँदै सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको बताएका छन्। डा महतले काँग्रेस सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्ने बताउँदै तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गरेका छन्।