१८ भदौ, काठमाडौं । राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाको एक सिटमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई पठाउने निर्णय भएको छ । सरकार घटक नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टी गरेको समाचार आईरहेको छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक अडान लिईरहेपनि उपाध्यक्ष गौतमले आफू राष्ट्रिय सभामा जाने भन्ने अडान राखेका कारण प्रधानमन्त्रीले लचकता देखाएका हुन् । पटक पटक बामदेब गौतमलाई झुक्याएजसरी यसपटक भने नझुक्किने आजको निर्णयबाट स्पष्ट हुन्छ । उनलाई राष्ट्रिय सभा सदस्य बनाएपछि उपप्रधान एबम् अर्थमन्त्री दिने अनुमान राजनीतिकबृतमा लगाउन थालिएको छ ।





