२६ भदौ, बिराटनगर । प्रदेश नम्बर १ मा बिहान साढे नौ बजे भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ९.३० बजे ५ म्याग्नीचुटको भूकम्प गएके हो । भूकम्पबाट झापा, इलाम, पााँचथरलगायतलाई हल्लाएको छ । भूकम्प नेपालको भारत सीमाना क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको थियो ।





