आर्थिक

कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण समझदारी

३० भदौ, काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्टकलेको तर्फबाट प्रिन्सिपलउदय राज पौडेल समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
२०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशकाविभिन्न स्थानमा १२४ वटा शाखातथा केन्द्रीय कार्यालय मार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मापोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापनतर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रमहरु सञ्चालनगर्दै आएको एउटा प्रतिष्ठित संस्थाहो ।
हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । कामना सेवाविकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्तिगर्ने अवसर प्रदानगर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्तलक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्थागर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो समझदारी मार्फत बैंककाकर्मचारीले क्वेस्टकलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुंदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्थागरिएको कलेजका प्रिन्सिपल उदय राज पौडेलले बताए ।
यो समझदारीलाई मानव संसाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसायतथावित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशःपुर्दै जाने अभियानको शुरुवातीकदमको रुपमा लिइएको छ ।